४ पुष २०७८, आईतवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाली जन प्रगतिशील मञ्च अष्ट्रियाको अध्यक्षमा डाइमण्ड राई निर्वाचित भएका छन् । राजधानी भियनामा भर्खरै सम्पन्न अधिवेशनले डाइमण्ड राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

डाइमण्ड राई

मञ्चको उपाध्यक्षमा प्रदीप ढुंगाना, महासचिवमा विपिन खनाल, सचिवमा चन्द्र तामाङ बम्जन, कोषाध्यक्षमा सुरेन्द्र कुमार मण्डल चयन भएका छन् । त्यस्तै मञ्चको सदस्यहरूमा रमेश कुमार गुरुङ, पिताम्बर चौधरी, खिम कर्की र राम श्रेष्ठ चयन भएका छन् ।

यसका साथै मञ्चको सल्लाहकारहरूमा धर्मराज खतिवडा, जनार्दन वन, रबि चन्द्र भट्टराईलाई चयन गरिएको छ ।

मञ्चको पोल्याण्ड अध्यक्षमा कट्टेल

यसैबीच मञ्चको पोल्याण्ड अध्यक्षमा विस्वास कट्टेल चयन भएका छन् । त्यस्तै महासचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा हरि प्रसाद लामिछाने र सदस्यमा प्रकाश खनाललाई चयन गरिएको छ ।

फ्रान्स अध्यक्षमा पौडेल

जनप्रगतिशील मञ्च फ्रान्सले सुमन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । पेरिसमा सम्पन्न अधिवेशनबाट मञ्चको अध्यक्षमा पौडेल पुनः चयन भएका हुन् ।

सुमन पौडेल

त्यस्तै मञ्चको उपाध्यक्षमा भोजराज गिरी, महासचिवमा हरि प्रसाद सापकोटा र कोषाध्यक्षमा सन्जिब देबकोटासहित ११ सदस्यीय कार्यसमितिको विवरण सार्वजनिक गरिएको छ ।

शुकमान लामा तामाङ

त्यस्तै मञ्चको बेल्जियम ईन्चार्जमा जित लामा, अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । यता स्पेनमा विसाल ढुंगाना, चेक रिपब्लिकमा बिष्णु बहादुर रायमाझी, आयरल्याण्डमा शुकमान लामा तामाङ, बेलायतमा मान बहादुर गुरुङ, पोर्चुगलमा दावा लामा तामाङ, नेदरल्याण्डमा संघर्ष केसी र क्रोसियमा दीपक बिसन्खेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV