४ पुष २०७८, आईतवार

काठमाडौं । निरन्तर संसद अवरुद्ध गरेकोेमा आपत्ति जनाउँदै प्रतिपक्ष दल नेकपा एमालेलाई संवाद र सहमतिमा आउन सर्वदलीय बैठकले आह्वान गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद्लाई बन्धक बनाउन नपाइने निष्कर्ष निकाल्दै संवाद र सहमतिमा आउन आवह्वान गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न तयार रहेको बैठकले निष्कर्ष निकाले सुनाए ।

उनले भने, ‘संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को‌ नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको छ, जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन् । संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV