४ पुष २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको छ ।

सर्वदलीय बैठकमा नेकपा एमालेबाहेकका राजनीतिक दलहरु सहभागी रहेका छन् । एमालेले यसअघि नै बैठकमा सरिक नहुने भनिसकेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले अवरोध गर्दै आएको संसद खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्ने भनिएको छ ।

सर्वदलीय बैठकअघि बसेको सत्ता गठबन्धनमा पनि छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV