४ पुष २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज)को लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । पूर्वनिर्धारित समय अनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने छ ।

प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ ।

जसले प्रधानमन्त्री देउवाको एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने चाहनामा धक्का पुगेको छ ।

यसअघि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेसँगै सर्वदलिय बैठक बोलाउने निर्णय गर्नुभएको थियो ।

उता एमालेलले आफ्ना तत्कालीन एमाले सांसदहरुलाई कारवाही सिफारिस गरेपनि सभामुखले कारवाही नगरेको भन्दै संसद अवरोध गरिहेको छ ।

एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्नेदलका शीर्ष नेताहरु भने सर्वदलिय बैठका सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV