३ पुष २०७८, शनिबार

काठमाडौं । गायिका रानी शाक्य र अलिफ खानको युगल स्वरमा समावेश ‘यस्तो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।

नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा, मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत ‘यस्तो माया’ भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV