३ पुष २०७८, शनिबार

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौंबासीलाई खुवाउने दाबी गरेका छन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भएपनि आफ्नो कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको खानेपानी खुवाउने दाबी गरेका हुन् ।

बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुखद् भएको भन्दै उनले स्थायी नभएपनि अस्थायी रुपले समस्याको समधान गर्ने जिकिर गरे ।

मन्त्री चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV