३ पुष २०७८, शनिबार

जापान (टोकियो) । जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ ।

शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।

यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV