३ पुष २०७८, शनिबार

काठमाडौं । दुखाई, भोगाई शहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सङ्गै जीउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो । यहि मैदान भित्रको एक युवा खेलाडी र आमाको कथा “नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज शिवाकोटीको सङ्गीत संयोजन समावेश गरिएको छ ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वीन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन्, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो ।

डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् । पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV