३ पुष २०७८, शनिबार

काठमाडौँ । आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।

हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासी संख्या पनि उत्तिकै छ । यिनै कुरालाई मध्यनजर गरी नेपालमा आप्रवासन दिवस मनाइँदै छ ।

बढ्दो आप्रवासनका कारण नेपालमा सामाजिक तथा मानसिक समस्या बढ्दै गएको छ भने असुरक्षित आप्रवासनमा जाने नेपालीहरुको ज्यान समेत जोखिममा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV