२ पुष २०७८, शुक्रबार

काठमाडौं । बरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको ८८ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट ग्रसित मल्लको शुक्रबार (आज) उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

मल्लको स्वास्थ्यमा थप समस्या भएपछि आज दिउँसो १२ बजे मात्र अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याइएको २ घण्टापछि मल्लको निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् ।

मल्लले ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’लगायतका कयौं नाटकहरु निर्देशन गरेका थिए । त्यस्तै उनले कयौं नाटकहरुमा लेखन र अभिनय समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV