२ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । मतगणना जारी रहँदा थारु क्लस्टरतर्फको सह(महामन्त्री पदमा चौधरी निर्वाचित भएका हुन् ।

मतगणना नसकिदै चौधरीको विजय निश्चित भएको हो । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

उमाकान्त चौधरी देउवा प्यानलका हुन् । त्यस्तै तेजुलाल चौधरी डा.शेखर कोइराला प्यानलका हुन् । ३ सय भन्दा केही मत गन्न बाँकी रहँदा उनीहरुबीचको मतान्तर सात सय भन्दा बढी भएपछि चौधरी समर्थकले विजय उत्सव मनाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV