२ पुष २०७८, शुक्रबार

काठमाडाैँ । भुटानले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘नगाडाग पेल गी खोर्लो’द्वारा सम्मानित गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले फेसबुक पोस्टमा ‘महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलङ्कार, न्गाडाग पेल गी खोर्लोको लागि उच्चारण गरेको सुन्दा धेरै खुसी लाग्यो’ भनी उल्लेख गरेको छ ।

उक्त अवार्ड प्रदान गर्ने क्रममा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले विगतका वर्षहरूमा र विशेष गरी कोभिड-१९ महामारीको समयमा बढ्दो भारतसँगकाे द्विपक्षीय सहयोग र मित्रताको आदानप्रदान माथि प्रकाश पारेका थिए ।

माेदी उक्त सम्मानका लागि योग्य रहेकाे र भुटानका जनताकाे  तर्फबाट बधाइ भन्दै सबै अन्तरक्रियाहरूमा महामहिमलाई एक महान्, आध्यात्मिक मानवको रूपमा देखिएकाे भनी सम्बोधन गरिएको छ । महामारी शुरु भएदेखि नै भारतले भुटानलाई कोभिड-१९ खोप र अन्य चिकित्सा उपकरण सहयोग गर्दै आएको छ।

यस वर्षको शुरुमा भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोभिड-१९ खोपको थुप्रै डोज प्राप्त गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिएका थिए । उनले भुटान भारतको नजिकको छिमेकी भएकाले आफूलाई सुरक्षित महसुस गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV