२ पुष २०७८, शुक्रबार
  • रुबेन खत्री

काठमाडौं । जलवायु परिवर्तनको कारणले साना तथा ठूला सबै देशहरूले चर्को समस्याको सामना गर्नु परिरहेको छ ।

यस्तो समस्या सिर्जना हुनुमा अरु कोही नभएर मानिसहरू नै दोषी हुन् । जलवायु परिवर्तनको कारण बेमौसमी वर्षा हुने, बाढीपहिरो जाने, डुवान हुने र खाद्य संकट भएर महामारी उत्पन्न हुन्छ ।

वातावरण क्षेत्रमा काम गर्ने संस्था आइसि आइएमओडीले पाँच वर्ष लगाएर बनाएको प्रतिवेदनमा जलवायु परिवर्तन रोक्नका लागि समयमै पहल नहुने हो भने १२औं सताप्दीको अन्त्यतिर नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान र तिब्बतसम्म फैलिने प्रक्षेपण गरेको छ ।

रुबेन खत्री

त्यस्तै हिमालको हिउँ पग्लने आइसिआइएमओडीको प्रक्षेपण छ । नेपाल, भारत, पाकिस्तान, बाङ्लादेशमा नदीको मुहान सुके नराम्रोसँग प्रभावित हुने देखिन्छ । सफा पानीको स्रोत हिमाल नै हुने हुँदा हिउँ पग्लिए जलचक्र परिवर्तन हुने र खाद्य संकट पर्न सक्छ । त्यसमा पनि हिमताल फुट्ने,हिम पहिरो को जोखिम उच्च छँदैछ।

आइसिआइएमओडी प्रतिवेदन अनुसार शक्ति राष्ट्रहरुको द्वन्द्वले यो समस्य बढ्दै गएको छ । २०२० मा मात्र विभिन्न शक्तिशाली राष्ट्रहरुले आफ्नो सुरक्षा लागि विभिन्न साधन र हतियारमा दुईदेखि तीन ट्रिलियन खर्च गरेको अनुसन्धानले देखाउँछ । तर, ती राष्ट्रहरुले जलवायुसँग जुध्न खासै चासो देखाएको छैन ।

विभिन्न शक्ति राष्ट्रहरुको कारण जलवायु परिवर्तन समस्या बढनु र जोखिम न्युनिकरणमा चासो नदिनाले भविष्यमा विश्वले भयानक संकटको सामना गर्नुपर्ने हुन्छ । जलवायु परिवर्तनकै कारण तापक्रम बढ्दै जाने हो भने विभिन्न संकट र मानव जाति नै संकटमा पर्न संभावना देखिन्छ ।

अब केही अनुसन्धानबाट तयार गरिएको तथ्य हरुको कुरा गरौं । पृथ्वीको सतहको औसत तापक्रम १५ डिक्री सेल्सियस रहेको छ। यदि हरित गृह प्रभाव नभएको भए पृथ्वीको सतहको औसत तापक्रम १८ डिक्री सेल्सियस हुने तथ्यांकले देखाउँछ ।

हरित गृहको प्रभावको कारणले नै पृथ्वीमा जीवको संभावना भएको हो । तर, विश्वमा औधोगिक क्रान्तिको सुरुवात र अत्याधिक रुपमा प्रकृतिको दोहनले वायुमण्डलमा हरित गृह ग्यासहरु अत्याधिक मात्रामा उत्सर्जन हुँदा पृथ्वीमा हरित गृह प्रभावमा नियमित भन्दा बढी बन्न पुगेको छ ।

पृथ्वी औसत भन्दा बढी तात्दै गइरहेको छ । विगत सय वर्षको अवधिमा पृथ्वीको तापक्रम ०।८ सेल्सियसले बढेको तथ्यांकले देखाउछ । र, ३० वर्षको अवधिमा अत्याधिक तापक्रम ०।६ डिक्री सेल्सियसले बढेको छ । सन २०१६ अहिलेसम्मकै उच्च तापक्रम हुने वर्ष बन्यो ।

जलवायु परिवर्तन सम्बन्धि दोस्रो सरकारी निकाय अमेरिकी न्युयोर्कको अनुसार २१ औं शताब्दी को अन्त्यमा पृथ्वीको तापक्रम सन १८५० को तुलनामा १।५ डिक्री सेल्सियस बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिले दिनप्रतिदिन पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। यसरी पृथ्वीको तापक्रम बढ्नु वातावरण मानवका लागि खतरनाक बढ्नु हो ।

तापक्रम बढेसँगै अब छिट्टै हाम्रा हिमालमा रहेका हिउँहरु पग्लिदै जानेछ । र, पृथ्वीमा रहेका सबै ग्लेसियर पग्लदै जाने हो भने पृथ्वीको भु-बनावट कस्तो होला कुनै अनुमान गर्न सकिँदैन ।

सन २०१९ को रिपोर्टमा विगत ४० वर्षमा दुई गुणाले हिउँ पग्लिएको देखाएको छ । यही गतिमा २०० मिटरका क्षेत्रका हिउँ ग्लेसियर पग्लने र हिमालयले आफ्ना पुरै ग्लेसियर गुमाउने छन् ।

अहिले बाँकी रहेका ग्लेसियरहरुले पनि दुई गुणाको गतिमा नस्ट हुँदै गइरहेको हुन्छ । जो विस्तारै सर्दैछ । र, जुन यो हिमालय पर्वतहरुमा देख्ने गर्दछौँ ।

हामीले अहिले हिउँको पहाडबाट शुद्ध पानी प्राप्त गरेका छौँ । यो पानी अधिकांस ग्लेसियरबाट प्राप्त गर्छौँ । यदि सबै ग्लेसियर पग्ल्ने हो भने त्यो अवस्था कल्पना पनि गर्न सक्दैनौं ।

हामी मानव जाती जति चेतनशिल छौँ, उति नै मूर्ख पनि छौँ । प्रकृतिको अधिकतम प्रयोगले विनाश गर्छ भन्ने कहिल्यै सोच्दैनौं । त्यसैले हामीले आफ्नौ लागि खतरा निम्त्याइरहेका छौँ ।

जल तथा मौसम विभाग का अनुसार नेपाल को वार्षिक रूपमा ०.०५६ का दरले तापक्रम बढिरहेको छ। (ICIMOD) र (UNDP) का अनुसार नेपाल लगायत तिब्बत भारतका कम्तिमा ४७ वटा हिमताल विस्फोट हुने उच्च जोखिम छ ।

प्रतिबेदन अनुसार ३ हजार ६ सय हिमताल मध्य २ हजार ६० वटा जति नेपालमै पर्दछन् । र, विस्फोटका जोखिम रहेका २१ वटा नेपालभित्रै पर्छ ।

हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम बढेको हुँदा हिउँ र हिमनदी पग्लिने क्रम बढेको छ । नेपालमा तापक्रम बढेसंगै जोखिम पनि बढीरहेको छ । तर, त्यसलाई न्युनिकरण गर्न तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

बढ्दो तापक्रमको कारण हिमतालहरु काला पत्थरमा परिणत हुँदै जाँदा नेपालले पर्यटन क्षेत्रमा ठुलो क्षेती व्यहोर्नुपर्ने  छ । जलवायु विपतका घटनाहरु बढेका छन् ।

पृथ्वीमा मानवका लागि जल र जमिन दुबै आवस्यक छ । त्यो पनि सन्तुलित रूपमा । तर पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसको असरले ग्लेसियरहरु पग्लन पुग्छन् । त्यसले ठूलाे क्षति निम्त्याउने देखिन्छ । र , अन्त्य मा मानव अस्तित्व नै समाप्त हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV