२ पुष २०७८, शुक्रबार
  • मुस्कान श्रेष्ठ

वीरगंज । वीरगंजमा एक स्कुल बसमा आगलागी भएको छ ।

गोल्डेन गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आगलागी भएको हो ।

बिग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । मानविय क्षति भने नभएको प्रवक्ता खनालले बताए । आगोलाई वीरगंज महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागी ४५ लाख भन्दा बढीको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV