२ पुष २०७८, शुक्रबार

एजेन्सी । इंग्लिस प्रमियर लिनमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीका लागि मासन माउन्टले गोल गरे भने एभर्टनका जरार्ड ब्रान्टवेइटले बराबरी गोल फर्काए । चेल्सीले ८१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा चेल्सी बराबरीमा रोकिन बाध्य बन्यो ।

७०औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । तर, चेल्सीको त्यो अग्रता लामो समय टिकेन । ७४औं मिनेटमा जरार्ड ब्रान्टवेइटले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै चेल्सी ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV