१ पुष २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय निर्वाचित भएकी छन् । विहीबार (आज) पार्टी कार्यालय सानेपामा भएको सम्पन्न मतगणना अनुसार उपाध्याय विजयी भएकी हुन् ।

निर्वाचन समितिका अनुसार कुल ४ हजार ६ सय ३८ सदर मतमा उपाध्यायले २ हजार पाँच सय ३३ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

उपाध्यायले नजिकको प्रतिस्पर्धी कमला पन्तलाई ४ सय २८ मतान्तरले पराजित गरेकी हुन् । पन्तले २ हजार एक सय पाँच मत प्राप्त गरेकी छन् । उपाध्याय सभापति शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुन् । त्यस्तै पन्त शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् ।

सह–महामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

यस अगाडि नै सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV