१ पुष २०७८, बिहीबार

काठमाडाैँ । कालु पाण्डे समाधि स्थललाई पर्यटकीय गन्तव्यका रुपमा प्रर्वद्धन गर्न सांगितिक कन्सर्ट आयोजना गरिने भएको छ । फरेस्ट क्याम्प रिसोर्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको रिसोर्टका सञ्चालक अशोक थापाले जानकारी दिनुभयो । कन्सर्ट यही पुष ३ गते (शनिबार) दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

विभिन्न सांगितिक कार्यक्रमसहित ‘द इलिमेन्ट्स व्याण्ड’ ले आफ्नो पहिलो एल्बम उर्जा सार्वजनिक भयपश्चात पहिलो लाईभ प्रस्तुति दिने छ ।

काठमाडौंको कलंकीबाट ९ किमि दूरीमा रहेको पाण्डे समाधिस्थलमा २० देखि २५ मिनेटमा पुग्न सकिने छ । बाह्य तथा आन्तरिक पर्यटक प्रर्वद्धन गर्न कार्यक्रम आयोजना गरिएको फरेस्ट क्याम्प रिसोर्टका सञ्चालक अशोक थापाले बताउनु भयो ।

ऐतिहासिक क्षेत्रका रुपमा रहेको कालु पाण्डे समाधिस्थलबाट काठमाडठौं उपत्यकाका अवोलकन गर्न सकिने छ । यतिमात्रै होइन् उक्त ठाउँबाट विभिन्न हिमालहरुको मनमोहक दृश्यअवलोकन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV