२९ मंसिर २०७८, बुधबार
  • दान बहादुर बुढा,

मुगु । मुगु प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार नियन्त्रणमा लिएपछि कामीलाई जिल्ला अदालत मुगुमा बुझाइएको छ ।

त्यस्तै उनका अनुसार गत वर्षको मंसिरमा शक्तिसिंहविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV