२९ मंसिर २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शक्ति संघर्ष कांग्रेसभित्र नभई अन्य पार्टीसँग गर्नुपर्ने बताएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा अत्यधिक गुटबन्दी देखिएको भन्दै उनले यसले पार्टी कमजोर हुने र शक्ति संघर्ष अन्य पार्टीसँग हुनुपर्ने बताए ।

उनले भने, ‘साँच्चिकै शक्ति संघर्ष त पार्टी पार्टीबीच हुनुपर्ने हो । तर, कांग्रेसको १४ औँ महाधिवेशनले यत्रो गुटबन्दी चर्काे भएको छ । पार्टीको सत्ताभित्र बस्ने र सत्ताबाहिर बस्ने समूह बनेको छ । तर, समूहमा पनि विभाजित भएपछि कमजोर हुनुपर्यो । प्रकाशमान सिंह, विद्यार्थी नेता पनि सभापतिमा लड्नुभयो । यसरी विभाजित हुँदा हामी निर्वाचित हुन सक्ने कुरा भए । तर, सकारात्मक कुरा दोस्रो ठूलो मत प्राप्त गर्नुभयो । पहिलोपटक सभापतिमा लड्दा ठूलो मत प्राप्त गर्नुभयो, यो ठूलो कुरो हो ।’

उनले अब पार्टीभित्र आन्तरिक शक्ति संघर्ष र गुबटन्दी बन्द गर्नुपर्ने र एकता गरेर अघि बढ्नुपर्ने बताए । पार्टीमा जो सक्षम छ उसलाई नै सभापति बनाउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV