२९ मंसिर २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डा. शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले सभापतिमा डा. शेखर कोइरालाको हारले एउटा गतिलो सन्देश गएको बताएका छन् ।

सभापतिमा पराजितपश्चात बुधबार कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. रिजालले सभापतिका प्रत्यासी शेखर कोइरालाको हारले वीपीको पार्टी कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।

उनले भने, ‘हामी व्यक्तिको भाव खोज्दैनौँ, विचार खोज्छौँ । डा. शेखर कोइरालाले पार्टीलाई गहिरो रुपबाट सम्प्रेषित गर्नुभएको छ । कांग्रेस पूरानो ढंगले चल्दैन । वीपी कोइरालाको पार्टी वीपी कोइरालाकै पार्टीजस्तो हुनुपर्छ भन्ने सन्देश सबैसँग सम्पे्रषण गर्न सफल हुनुभएकोमा डा. शेखर कोइरालाई हार्दिक बधाइ दिन चाहन्छु । निर्वाचन हार र जित महत्वपूर्ण होइन, अनुहार कस्तो देखिन्छ भन्ने ।’

निर्वाचनले सुन र पित्तल छुट्याएको पनि डा. रिजालले बताएका छन् । उनले चुनावमा जित होस् वा हार तर, कांग्रेसलाई पुनर्जागरण अभियानमा अघि बढाउने शेखर कोइरालाको टिमले गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV