२८ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पार्टीको निर्वाचन समितिका अनुसर दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी गरिएको छ ।

मंगलबार बिहान सकिएको मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो । जसमा देउवाले २२५८ मत ल्याए भने १७४९ मत पाए ।

सभापतिमा निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । देउवालाई सभापति निर्वाचित हुन ८३ मत पुगेन ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV