२७ मंसिर २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न राष्ट्रियसभा गृहमा जारी मतदान स्थगित भएको छ । निर्वाचन समितिका अनुसार मतपत्र सकिएपछि मतदान रोकिएको हो ।

मतपत्र सकिएसँगै मतदान गर्न आएका महाधिवेशन प्रतिनिधिहरुलाई केहीबेरका लागि रोकिएको छ । तर, मतपत्र सकिएपछि प्रतिनिधिहरुले भने हो–हल्ला गर्दै नाराबाजी गरेका छन् ।

सोमबार बिहान ११ बजेदेखि मतदान सुरु भएको मतदान जारी छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV