२७ मंसिर २०७८, सोमबार

काठमाडौं । थानकोट जेसीजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । साेमबार चन्द्रागिरि-२ स्थित वाडभन्ज्याङ मसिनेस्थित श्री चम्पाशिखर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा थानकोट जेसिजका संस्थापक अध्यक्ष जेसिआई सेनेटर नन्ददास अमात्यको प्रमुख आतिथ्यता र वर्ष २०२१ की कार्यभाहक अध्यक्ष बिपना वस्नेतको अध्यक्षतामा भएको छ ।

थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले ‘असल समाजका लागि युवा नेतृत्व’ अति आवश्यक रहेको चर्चा गर्दै २५ जनाबाट सुरू भएको थानकोट जेसिज समाज रूपान्तरण सधै अग्रसर हुदै चन्द्रागिरिकै अग्रणी र अग्रसर युवारूको नेतृत्व र व्यक्तित्वमा सधै लागिरहेको बताए । अमात्यले शिक्षा बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको र काठमाडौंको विकट मानिने मसिनेका बालबालिकाहरूलाई सहयोग गर्न पाउदा आफूहरू खुशी भएको व्यक्त गरे ।

कार्यक्रममा थानकोट जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व अध्यक्ष मोहनलाल डाँगीले सफल र कुशल नेतृत्वले मात्र समाजमा सकारात्मक प्रभाव पार्ने हुदा जेसिजको हरेक अभियान सव्य समाज निर्माणमा मात्र नभई व्यक्तिको असल नेतृत्वमा मुख्य भुमिका खेल्ने हुदा जेसिज अभियान महत्त्वपूर्ण सावित भएको बताए । डाँगीले विद्यालयका शैक्षिक विकासका लागि गरेको सहयोग फलदायी हुने विश्वास व्यक्त गरे ।

जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधि सुरेन्द्र तामाङले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा थानकोट जेसिज वर्ष २०२१ का महासचिव रोसन दानीले समग्र चन्द्रागिरिको विकास रूपान्तरण र समृद्धिको लागि जेसिज अभियान मार्फत कार्ययोजना तयार गर्दै स्थानीय सरकार प्रदेश सरकार संग संघ संस्था संग हातेमालो गर्दै अगाडि वढ्ने बताए । उनले शासन व्यक्तिको होईन विधिको हुनु पर्ने बताउँदै युवाहरूको सकृय नेतृत्व र व्यक्तित्व विकासमा थानकोट जेसिज सधै तयार रहने बताए । कार्यक्रममा ९० जना विद्यार्थीहरूलाई स्कुल ब्याग र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो भने कार्यक्रमको संयोजन विराज शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV