२७ मंसिर २०७८, सोमबार

काठमाडौँ । गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलले संगीत भरेका छन् । स्वर्गिय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो ।

गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ । भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।

विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV