२७ मंसिर २०७८, सोमबार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबको तीन खेल कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्ने प्रक्रियामा रहेको पोखरा रंगशालामा मनाङले आफ्नो पाँचौ चरण, सातौं चरण र आठौं चरणको खेल खेल्न लागेको हो ।

सोमबार एन्फाद्वारा सार्वजनिक तालिकाअनुसार मनाङले पोखरा रंगशालामा नेपाल पुलिस क्लबविरूद्ध पुस ३ गते पाँचौ चरणको खेल, ब्रिगेड ब्वाइजविरूद्ध पुस १७ गते सातौ चरणको खेल र च्यासल युथ क्लबविरूद्धको पुस २४ गते आठौ चरणको खेल खेल्ने भएको छ ।

त्यस्तै एन्फाद्वारा जारी तालिकाअनुसार नवौं चरणका बाँकी सबै खेल दशरथ रंगशालामै हुने छन् । नवौं चरणको खेल माघ ३ गते सकिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV