२७ मंसिर २०७८, सोमबार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चन्द्रागिरि- १२ हरियाली मार्ग बलम्बुमा बैंकको नयाँ शाखा सञ्चालमा ल्याएको छ ।

बैंकको ११८ अाैं शाखाको रूपमा चन्द्रागिरि १२ बलम्वु हरियाली मार्गमा संस्थाकाे शाखा एक कार्यक्रमका बीच सुभारम्भ गरिएकाे हाे ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका छन् ।

समुद्घाटन समारोहमा मह जोडीले काठमाडौँको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यस्तै सानिमा बैंकका अध्यक्ष पौडेलले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

अध्यक्ष पाैडेलले शाखामा अाम नागरिकहरूलाई सहजीकरण गर्दै सर्वसुलभ सेवा दिन शाखाका कर्मचारीहरूलाई निर्देशनसमेत प्रदान गरेका थिए । उनलेे भने, ‘कुनै समस्या गुनासोहरूलाई हल गर्नु बैंकको मुख्य दायित्व हाे सेवा प्रवाहमा कुनै कसर राख्ने छैनाैँ ।’

सानिमा बैँकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् । चन्द्रागिरिमा सञ्चालित बैंकले  बचत कर्जा, रेमिटान्स लगायत सम्पुर्ण बैंकिङ सुविधाका साथै कृषि तथा साना व्यवसायहरूलाई प्राथमिकता दिने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV