२७ मंसिर २०७८, सोमबार

काठमाडौँ । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानल (समूह)को नयाँ लिस्ट सार्वजनिक गरेका छन् ।

सभापतिका ६ जना उम्मेदवारहरु आआफ्नै समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । सभापति देउवाले पहिलो चरणकै मतदानमा बहुमत ल्याउनेगरी तयारी गरेको जनाइएको छ । यसका लागि उनले प्यानलमा हेरफेर समेत गरेका छन् । नयाँ लिस्टमा सभापतिमा स्वयं देउवा, उपसभापतिमा विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का र महामन्त्रीमा डा. प्रकाश शरण महत तथा प्रदीप पौडेल रहेका छन् ।

तर यसअघि संस्थापनइतर समुहमा रहेका डा. शंशाक कोइराला देउवा समूहमा सरेका छन् । उनी देउवाको प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् । केन्द्रीय सदस्यमा खुल्लातर्फ ३५ जना नाम छ, जसमा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, गणेश लामालगायत रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV