२७ मंसिर २०७८, सोमबार

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोना अग्रता जोगाउन नसक्दा ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

ओसासुनाको मैदानमाभउको खेलमा निको गोन्जालेजले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।लगत्तै डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई बराबरीमा फर्काए ।

बराबरीसँगै १६ खेलबाट २४ अंक जोडेको बार्सिलोना लिग तालिकाको आठौं स्थानमा रहेको छ भने ओसासुना २२ अंकका साथ दशौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV