२७ मंसिर २०७८, सोमबार

एजेन्सी । कोरोना संक्रमणका कारण महिनौंदेखि बन्द रहेका प्राथमिक विद्यालय पुनः खोल्न माग गर्दै भारतको झारखण्डमा सयौं बालबालिका र उनीहरूका अभिभावकले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार लातेहार जिल्लाको मनिकामा ‘हम सब की यही पुकार, प्रारम्भिक विद्यालय खोलो सरकार’ भन्ने नाराका साथ विरोध प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयमा पढाइ धान्न नसक्ने र सरकारी विद्यालय नखोल्दा बालबालिका अशिक्षित रहने भन्दै आफू प्रदर्शनमा उत्रिन परेको अविभावकहरुल बताएका छन् ।

भारतीय सरकारले कोरोना महामारीका कारणअनलाइन शिक्षा सुरु गरेको थियो। तर, गाउँका गरिब बालबालिकाले त्यसको फाइदा उठाउन नसकेको शिक्षाविद्हरुले बताएका छन्।

भारतका ३३ राज्य र केन्द्र शासित प्रदेशहरूमा प्राथमिक विद्यालयहरू खोलिएका छन्। तर, झारखण्ड, ओडिशा, पश्चिम बंगाल, जम्मू र कश्मीरका प्राथमिक विद्यालयहरू हालसम्म बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV