२६ मंसिर २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेरबहादुर देउवालाई एउटै डर छ– सभापतिमा हारे प्रधानमन्त्री पद पनि जाने ।

आइतबार काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान गर्ने क्रममा देउवाले आफू सभापतिमा हारे प्रधानमन्त्रीबाट हटाउने भन्दै जसरी हुन्छ जिताउन आग्रह गरेका थिए ।

देउवाको उक्त अभिव्यक्तिप्रति सभापतिका प्रत्यासी शेखर कोइरालाले देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका छन् ।

आइतबार शेखर र शशांक कोइरालाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा शेखरले पार्टी सभापतिमा चुनाव हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै देउवाले भनेजसरी नहुने टिप्पणी गरे । तर, जसरी भए पनि पार्टीकाे नेतृत्व भने परिर्वतन हुने बताए ।

उनले भने, ‘उहाँले जुन कुरा बोल्नुभयो, यो अत्यन्त गैरजिम्मेवार कुरा बोल्नुभएको छ । म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ । तर, त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV