२६ मंसिर २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश १ को मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन बुझाइएको छ । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएका हुन् ।

मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन २०७५ बमोजिम प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले संघीयता कार्यान्वयनमा सबैको सहयोग आवश्यक भएको धारणा व्यक्त गरे ।

उनले कानूनी समस्या समाधान गर्नको लागि सबै पक्षको सहयोगले समाधान गरेर अगाडिको लक्षमा पुुग्न संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राखे । उनले सुरुवातको चरण भएकाले कमी कमजोरीलाई सबै मिलेर कार्यान्वयन गर्नु पर्ने बताए ।

सो कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV