२६ मंसिर २०७८, आईतवार
  • मोहन विक्रम शाही,

जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट २०६८ सालमा स्थापना भएको प्रतिष्ठानमा एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले बताए ।

सोही अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले जुम्लालगायतका बिरामी र सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने जमानाको अन्त्य कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले गर्ने बताएकी छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV