२६ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवार दिने कांग्रेसी नेताहरु भोट मागिरहेका छन् । र, अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा उम्मेदवारहरुले एकले अर्कालाई भोट मागिरहेका छन् ।

भोट माग्ने क्रममा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र सभापतिका उम्मेदवार प्रकाशमान सिंहबीच जम्काभेट भयो । भेटमा दुवैले एकले अर्कालाई नमस्कार गरेर ‘भोट मलाई हैँ’ भोट अपील गरे ।

सिंह सभापतिका प्रत्यासी हुन् भने आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् । आरजुले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

अब केही बेरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ भने भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथको व्यवस्था गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV