२६ मंसिर २०७८, आईतवार

एजेन्सी । अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ । आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ ।

आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको भने केन्टुकी राज्यमा हजारौँ घरमा विद्युत सेवा र पानीको आपूर्ति बन्द भएको छ ।

केन्टकीका गभर्नर एन्डी बेसरले उक्त राज्यका धेरै काउन्टीहरू ३०० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको आँधीका कारण तहसनहस भएको बताएका छन् । केन्टकीमा हाल आपतकाल घोषणा गरिएको छ ।

शनिबार बिहानैदेखि चलेको आँधीका कारण मिसौरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायत राज्यहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV