२६ मंसिर २०७८, आईतवार

आज मिति २०७८ साल मंसिर २६ गते, आइतबार । इश्वी सन २०२१ डिसेम्बर, ११ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः नवमी, २४ः०८ बजे उप्रान्त दशमी। नक्षत्रः उत्तरभाद्रपदा, २८:२१ बजे रेवती  । योगः सिद्धि, ११:२० बजे उप्रान्त व्यतिपात । करणः वालव, १२ः०५ बजेदेखि काैलव, २४ः०८ बजे उप्रान्त वणिज। काठमाडौंमा सुर्योदय ६ः४६ । सुर्यास्त १७ः०८ ।

मेष = अध्ययनमा सफलता मिल्ने छ । नसोचेको तर राम्रो सम्बन्ध अगाडी बढ्ने छ । स्वास्थ्यले साथ दिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

वृष = स्वास्थ्यको कारणले महत्त्वपूर्ण भेटघाट रोकिने छ । मित्रजनको सहयोगले कार्य सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ ।

मिथुन = बोलीको प्रभावले गर्दा उच्च पद तथा रोकिएका कार्यहरू बन्नेछन् । अध्यनमा रुचि काम हुने छ । आर्थिक अभाव हुनेछ ।

कर्कट = यात्रा तथा भेटघाटमा दिन बित्नेछ । प्रेमिकाको सहयोगले आर्थिक अभाव हुने छैन । राजनैतिक तथा सामाजिक प्रतिष्ठा बढ्ने छ ।

सिंह = शत्रुद्वारा कार्य प्रतिष्ठामा समस्या ल्याइदिन सक्नेछन् । खानपिनमा निकै ध्यान दिनुहोला । मध्यान्हपछि आर्थिक उपलब्धि हासिल हुने छन् ।

कन्या = प्रेमसम्बध अगाडी बढ्नेछ । पारिवारिक तिक्तता बट्नेछ । सहनशीलता तथा धैर्यता बढाउनु होला । विद्यार्थी वर्गको लागि राम्राे समय रहने छ ।

तुला = नसोचेको पारिवारिक समस्या आउने हुँदा महामृत्युञ्जयको जप पाठ गर्नुराम्रो हुनेछ । वैदेशिक कार्य तथा यात्राको योग रहेको छ । स्वास्थ्यमा मध्यान्ह पछि केहि समस्या आउने देखिन्छ ।

वृश्चिक = स्वास्थ्य पेटसम्बन्धी समस्या आउनेछ । खानपानमा निकै ध्यान दिनुहोला । मध्यान्हदेखि भेटघाटमा व्यस्त भईनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु = मित्रजनसंगको सम्बन्धमा किचलो आउनेछ । बोल्दा निकै संयमित हुनुहोला । प्रेमिकाबाट धोका पाइनेछ । नसोचेको यात्राको योग रहेको छ ।

मकर = आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । मित्रजनको सहयोगमा नयाँ कार्य आरम्भ गरिने छ । सन्ध्याकालमा सामान्य चोटपटक लाग्ने योग भएको हुँदा निकै संयमित यात्रा गर्नु होला ।

कुम्भ = आर्थिक अभावको कारणले व्यवहारमा निकै समस्या उत्पन्न हुनेछ । प्रेमसम्बन्ध भने नसोचेको अगाडि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्यनमा सफलता मिल्ने छ ।

मीन = कार्य तथा व्यपार व्यवसायमा निकै राम्रो उपलब्धि मिल्नेछ । रोकिएको प्रशासनिक कार्य मिल्नेछ । मध्यान्हपछि केही महत्वपूर्ण भेटघाट तथा सम्बन्ध अगाडि बढ्ने छ ।

अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्कः ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्

LIVE TV