२६ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ । दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।

यस्तै उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

शनिबार परेका उम्मेदवारी फर्ता लिनका लागि आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV