२५ मंसिर २०७८, शनिबार

काठमाडौं । स्वामी वववेकानन्द सााँस्कृतिक केन्द्र, भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ‘फ्लेभसै अफ कश्मीर’ को उद्घाटन गरेका हुन् । महोत्सवमा सुप्रसिद्ध भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारका साथै काश्मीकार परिकार प्रदर्शनी गरिएको थियो ।

फुड फेस्टिभल काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ । त्यसअवधिभर स्वादिष्ट परिकारका स्वाद लिन पाइनेछ ।

भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले यस कार्यक्रम अघि सारेको हो । शनिबारको उद्घाट कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुले कश्मीरको सम्पद झल्कने गरि साँस्कृति प्रस्तुती पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV