२५ मंसिर २०७८, शनिबार

म्याग्दी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत चयन भएका छन् । जनजाति पत्रकारहरुको साझा संगठन फोनिजको शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट राम्जाली अध्यक्षमा चयन भएका हुन् । तदर्थ समितिको संयोजक समेत रहेका अध्यक्ष राम्जाली आदर्श समाज दैनिक, न्युज २४ टिभीको म्याग्दी संवाददाता हुन् ।

कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ ,दिपा बुढाथोकी, लिलकुमारी पुर्जा र थबहादुर पुन रहेका छन् । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानले दिएको अधिकार र सुविधा प्रयोग गर्न सक्षम जनशक्ती तयार हुनुपर्नेमा जोड दिए । उनले समावेशी व्यवस्थाको उपभोग गरेर आदिवासी जनजातीहरु राज्यको हरेक निकायमा पुग्न अग्रसर बन्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिता प्रति आकर्षण बढाउन ,टिकाउन र क्षमता विकासमा जोड दिए । उनले फोनिजसँग पत्रकार महासंघले आवश्यक सहकार्य गर्ने समेत बताए ।

प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ ,प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले पत्रकारीताको विकास र प्रर्वद्धनका लागि सम्बद्ध सबै संगठनहरुको सहकार्य आवश्यक रहेको बताए ।

अध्यक्ष राम्जालीले संगठनको कार्यक्रमअनुसार आगामी दिनमा जनजाती पत्रकारहरुको क्षमता अभिबृद्धी र पत्रकारीता क्षेत्रमा आकर्षण बढाउन कार्यक्रमहरु सञ्चालन गर्ने बताए । राम्जालीको अध्यक्षता, सदस्य मनु थापामगरको स्वागत र समिर रोका मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV