२५ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेदवारी दर्ता गराएका हुन् ।

युवा नेता राईको प्रस्तावकको रुपमा उदयपुर जिल्लाका नवनिर्वाचित काङ्ग्रेस सभापति एवं भौतिक तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्की तथा समर्थकको रुपमा नेपाली काङ्ग्रेस प्रदेश नं १ का नवनिर्वाचित प्रदेश सदस्य एवं तरुण दल सुनसरीका जिल्ला सभापती सिजन गुरुङ रहेका छन् ।

युवा नेता रविप्रकाशले, नेपाली काङ्ग्रेसमा आफ्नो र भावी पुस्ताको प्रतिनिधित्व र पुस्ता समन्वयको महत्वका लागी केन्द्र्रीय सदस्य पदमा उम्मेदवारी रहेको बताए ।

साथै, उनले जनस्तर र जनमनमा विराजमान काङ्ग्रेसको छवी व्युताउनका निम्ती र संगठन निर्माणमा विश्वास राख्ने सुदृढ र सबल काङ्ग्रेस निर्माण गर्नका लागि पनि केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

लामो समय बेलायतमा रहि प्रवासका विभिन्न जनसम्पर्क समितिहरुमा संगठन विस्तार गरि स्वदेश फर्किएका नेता राई जिल्लामा संगठन निर्माण गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । युवाहरु माझ प्रिय छवि बनाएक राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV