२५ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीको वर्तमान उपसभापतिसमेत रहेका उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शेखर कोइराला, प्रकाशमान सिंहले प्यानलसहित सभापतिसहितका पदाधिकारीहरुको उम्मेदवारी दर्ता गराएपनि निधिले भने कुनै टिम नबनाई एक्लै सभापतिको उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV