२५ मंसिर २०७८, शनिबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । यसैबीच प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले शनिबार दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनु अघि नेता सिंहले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि प्रकाशमान सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

हालसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV