२५ मंसिर २०७८, शनिबार

एजेन्सी । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गर्नुभएको छ।

राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश अनुसार “लासिना जेर्बोलाई प्रधानमन्त्री नियुक्त गरिएको छ।” जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर-टेस्ट-ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव हुनुहुन्थ्यो र यसअघि संगठनको इन्टरनेशनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसक्नु भएको छ।

उहाँले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV