२५ मंसिर २०७८, शनिबार

काठमाडौं । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता साताैँ अन्तर्राष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित हुनुभएको छ । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उहाँलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्र सहित पदक प्रदान गर्नुभएको हाे ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोस-जाँगर भर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पारेर प्रदान गरेको सो पुरस्कारले पत्रकारिता क्षेत्रमा उर्जा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अमेरिका नेपाल प्रेस क्लब र राष्ट्रिय प्रेस क्लबले गरेको सो कार्य महत्वपुर्ण छ । दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई पदक र सम्मानपत्र प्रदान गरिएको हो । यस अघि जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरिया का विशिष्ट व्यक्तिले अन्तराष्ट्रिय सम्मन पाइसकेका छन् ।’

सो विधाको पुरस्कार पाउने देवान भारतको पूर्वी असम मा जन्मिएका थिए । पारम्भिक पढाइ गाउँमै गरेका देवानले सिक्किम मणिपाल युनिभर्सिटीबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरी सिक्किम राष्ट्रिय विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयको मास्टर्स अघि बढाउन नपाए तापनि पत्रकारितामा कम्युनिटी डेभलपमेन्टका विषयमा समेत निरन्तर काम गर्दै आउनुभएको छ ।

देवान पत्रकार मात्रै नभएर एक कुशल विषय बक्ता समेत हुनुहुन्छ । विगतदेखि सामुदायिक विकास पत्रकारिता क्षेत्रमा देवानको योगदान अतिनै रहेको छ । सो पुरस्कारका लागि गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरिवार’ बाट उनी ‘टप १० गोर्खा अफ असम’ मा परेका थिए ।

देवानलाई सन २००९ मा आसामको राजधानी गौहाटी प्रेस क्लबको मानार्थ एसोसिएट सदस्यता दिइएको थियो । देवानलाई भारतको पश्चिम बंगालको कालिम्पोङमा ‘राष्ट्रिय उमरते पत्रकार २००९’ प्रदान गरिएको थियो । सन् २०१० मा ‘गान्तोकमा सिक्किम प्रेस क्लब’ द्धारा पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV