२५ मंसिर २०७८, शनिबार

काठमाडौँ । कल्याण गुरुङले नेपाली कांग्रेसको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभागृहमा आज बिहान १० बजेदेखि सुरु भएको निर्वाचन प्रक्रियाका दौरान गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् । उनी नै यो महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गराउने पहिलो व्यक्ति हुन् ।

उनले आफू सभापति बनेमा एकै व्यक्ति समानुपातिकतर्फबाट एक पटक मात्रै सांसद बन्न पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुईपटक मात्रै हुन पाउने व्यवस्था संविधानमा गर्न पहल गर्ने एजेन्डा मतदातासामु राखेका छन् ।

उम्मेदवारी मनोनयन दर्ता आज साँझ ५ बजेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV