२५ मंसिर २०७८, शनिबार
  • महेश्वर के.सी.

काठमाडाैँ । नेपाली काँग्रेसको शुक्रबारदेखि जारी १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको चहलपहल सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि आज १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

कांग्रेसमा कुल १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ । यसका लागि आज साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता क्रम जारी रहेको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्मको पदका दाबेदारहरुको उम्मेदवारी दर्ता हुन लागेको हो ।

शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV