२५ मंसिर २०७८, शनिबार

काठमाडौँ । नेपालले आज यु- १९ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल खेल्दै छ । आयोजक देश बंगलादेशसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो ।

बंगलादेशविरुद्ध जितको लक्ष्य लिएर नेपाली टोली मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । बंगलादेशको ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ पौने सात बजे खेल सुरु हुनेछ ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने उक्त आयोजक बंगलादेशसहित भारत, नेपाल, भुटान र श्रीलंका गरी पाँच टोलीको सहभागिता छ ।

आजको खेलपछि नेपालले दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकाविरुद्ध र तेस्रो खेल १७ डिसेम्बरमा भुटानसँग खेल्ने तय भएको छ । नेपालको अन्तिम खेल भने भारतसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV