२४ मंसिर २०७८, शुक्रबार
  • राजन परियार

सिन्धुली। सिन्धुलीको दुधौलीमा पहिलो पटक भएको कमलाखोज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सहलेस क्लबले जितेको छ ।

शुक्रबार दुधौली नगरपालिकास्थित डकहामा भएको फाइनलमा सागरनाथ युवा क्लब धनुषालाई २-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

नमुना जनउत्थान क्लब डकहाले आयोजना गरेको प्रतिस्पर्धामा विजेता सहलेसले ट्रफीसहित नगद २ लाख रुपैयाँ पाएको छ भने उपविजेता सागरनाथ युवा क्लब धनुषाले भने १ लाखमा चित्त बुझाएको छ ।

दुधौली नगरपालिकाको २ लाख ५० हजार, दुधौली नगरपालिका ४ नम्बर वडाको ५० हजार र स्थानीय व्यावसायीहरुको आर्थिक सहयोगमा खेलको आयोजना गरिएको थियो ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मासिंह शेर्पा र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतको विषेश उपस्थितमा सुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV