२४ मंसिर २०७८, शुक्रबार

सिरहा । ७३औं अन्तरारष्ट्रिय मानव अधिकार दिवसको अवसरमा न्यूज २४ कर्मी दिलिप सहनी सम्मानित भएका छन् ।

मानव अधिकारको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील रहेर योगदान दिदै आएका न्यूज २४ कर्मी सहनीलाई मानव अधिकार संरक्षण केन्द्र सिरहाले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको समापन समारोह तथा ७३औं अन्तरार्ष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवधिकार संरक्षक केन्द्र (सञ्जाल) सिरहाद्वारा न्यूज २४ कर्मी सहनीसहित विश्वेर दास, प्रेम राम र शोभा बराल पनि सम्मानित भएका छन् ।

सोही अवसरमा नेपाली सेनाका शेर गण चोहर्वाका गणपति सुमन थापा, सीमा सुरक्षा सशस्त्र प्रहरी बल हेडक्वार्टर सिरहा नम्बर ७ का गणपति दीपेन्द्र गिरी र विभिन्न क्षेत्रका अधिकारकर्मीहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV