२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरूले विगतमा गरिएका कमीकमजोरी हटाएर राजनीतिक अस्थिरता अन्त्य गरिनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ महाधिवेशनलाई सम्बोधन गर्दै राजनीतिक अस्थिरता अन्त्य गरेर देशलाई अघि बढाउनुपर्ने अध्यक्ष यादव बताए ।

उनले भने, ‘विगतमा भए, गरेका कमीकमजोरीहरू हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्नुपर्छ । संवैधानिक निकायहरूलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कांग्रेसको यो महाधिवशेन सार्थक सिद्ध होस् ।’

अध्यक्ष यादवले संघीय व्यवस्थालाई सुदृढ तुल्याउन लोकतान्त्रिक दल कांग्रेससहित सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने पनि बताएका छन् । उनका अनुसार शासकीय पद्धतिलाई व्यवहारमा नै समावेशी र संघीय लोकतन्त्रात्मक बनाएर मात्रै सबै निकायहरूलाई जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सकिन्छ ।

यसैगरी संविधान संशोधन, निर्वाचन र शासकीय प्रणालीको सुधार र राष्ट्रिय पहिचानलाई सुधार गरेर व्यवहारमा लागू गर्न पनि अध्यक्ष यादवको माग छ । यसको काम राजनीतिक दलहरुकै रहेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV