२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र पुर्नस्थापनाको सपना नदेख्न आग्रह गर्नु भएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन चेतावनी दिनुभयो । उहाँले राजनीति गर्ने आँट नभए व्यापार व्यवसाय गरेर बस्न पनि पूर्व राजा शाहलाई नेता नेपालको सुझाव थियो ।

यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वार्चित अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजतन्त्रको पुर्नस्थापना आवश्यक भएको बताउनु भएको थियो ।

अध्यक्ष नेपालले मञ्चमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सत्ताको दुरुपयोग, भ्रष्टाचार ,अरुको सम्मान नगर्ने, अरुको मर्यादा नगर्नेहरुबाट प्रजातन्त्र र देशलाई खतरा भएको पनि चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV